धादिङ माघ ८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ प्रचण्ड-नेपाल पक्षले धादिङ जिल्लाबाट माघ ९ गते (भोली) १० हजार मान्छे काठमाडौको प्रदर्शनमा उतार्ने भएको छ । त्यसका लागि धादिङ जिल्लाबाट ६४ वटा बस रिजर्भ गरिएको नेकपा धादिङले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चाल्दै संसद विघटन गरेको भन्दै विरोधमा उत्रिएको प्रचण्ड नेपाल पक्षले धादिङ जिल्लाबाट ६४ वटा बस रिजर्भ गर्दै १० हजार मान्छे काठमाडौं लाने तयारी गरेको हो ।
कहाँबाट कति बस रिजर्भ
- धुनीबेसी नगरपालिकाबाट १५ वटा
- थाक्रे गाउँपालिकाबाट १२ वटा
- गल्छी गाउँपालिका ८ वटा
- गजुरी गाउँपालिका ७ वटा
- बेनीघाट रोराङबाट ७ वटा
- नीलकण्ठ नगरपालिकाबाट १६ वटा