ओलीको असंबैधानिक कदमको भण्डाफोर गरौं -भण्डारी

Avatar photo
Dhadingpost
बुधबार, पुस २२, २०७७

धादिङ पुस २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बागमती प्रदेश सचिवालय सदस्य रामबहादुर भण्डारीले प्रधान मन्त्री ओलीले चालेको असंबैधानिक कदमको अब गाउँ गाउँबाट भण्डाफोर गर्नुपर्ने बताउनु भएको छ ।

ओलीले पार्टीबाट अलग हुने मात्रै हैन संसद विघटन गरी असंबैधानिक कदम चालेकाले अब आन्दोलन शहरमा मात्रै केन्द्रित नभएर गाउँ-गाउँमा समेत हुने गंगजमुनामा भएको प्रचण्ड-नेपाल पक्षको प्रशिक्षणमा बताउनु भएको हो ।

गंगाजमुना गाउँपालिका वडा नम्बर १ र २ का कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै नेता भण्डारीले ओलीका केहि कार्यकर्ताहरु अरु कुनै एजेण्डा नपाएर पूर्व एमाले एक होऔं भन्दै गाउँ छिरेका छन् उनीहरुको भ्रमको राजनीतिक तवरले भण्डाफोर गर्न समेत भण्डारीले निर्देशन दिनु भएको थियो ।