
धादिङ पुस १७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रधानमन्त्री ओली निकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू धादिङ प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं. २ को क्षेत्रिय भेला सम्पन्न भएको छ ।
नेकपाका केन्द्रीय सदस्य एवम् विघटित प्रतिनीधि सभा सदस्य खेम प्रसाद लोहनीको प्रमुख आतिथ्यतामा यी दुई संगठनको क्षेत्रिय भेला जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको हो ।

जिल्ला अध्यक्ष एवम् विघटित संघीय सांसद भुमि त्रिपाठी, केन्द्रीय उपध्यक्ष सुनिता बराल, युवा नेता रमेश आचार्य, लगायतका नेताहरुले सम्बोधन गर्नु भएको सन्तोष राना क्षेत्रिले जानकारी दिनुभयो ।
यी दुई संगठनको प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं. १ धादिङको क्षेत्रिय भेला शनिबार दिउँसो नेता महेश बस्नेतको प्रमुख आतिथ्यतामा गजुरी गाउँपालिका स्थित गलौंदीमा हुने बताईएको छ ।