धादिङमा ८ विधामा खुल्ला ब्याडमिण्टन प्रतियोगिता सम्पन्न (विजेताको नाम समेत)

Avatar photo
नारायण सिलवाल
आइतवार, पुस १२, २०७७

धादिङबेसी पुस १२ । धादिङबेसी स्थित कर्भड हलमा पुस ९ गते देखि जारी प्रथम मेयर कप खुल्ला जिल्ला स्तरिय ब्याडमिन्टन आज सकिएको छ ।

जिल्ला ब्याडमिन्टन संघ धादिङको आयोजनामा भएको उक्त प्रतियोगितामा ८ बिधामा १७४ टिमले भाग लिएका थिए । विजेताहरुलाई आईतबार दिउँसो एक विशेष समारोहका साथ आयोजकले पुरस्कार वितरण गरेको थियो ।

  • जिल्ला स्तरीय पुरुष एकल तर्फ २१ टिम सहभागीता रहेको थियो । फाईलनमा पोषण चौधरीलाई पराजित गर्दै सविन तामाङ विजय भए उनले यस विधाको प्रथम पुरस्कार ३० हजार नगद हात पारेका थिए । यस विधामा द्वितिय हुने पोषण चौधरीले २० हजार, तृतिय हुने रामकुमार श्रेष्ठ र लक्पा तेन्जिङ तामाङले क्रमस १२-१२ हजार नगद पुरस्कार पाए ।
  • जिल्ला स्तरीय पुरुष युगल तर्फ १६ टिम सहभागि थिए । यस विधामा सविन तामाङ र राजेन्द्र अधिकारीको टिमले लिला कान्त र दुर्गा शाहीको टिमलाई पराजित गर्दै प्रथम पुरस्कार ३५ हजार नगद हात पारेको छ । यस विधामा द्वितिय हुने लिला कान्त र दुर्गा शाहीले २४ हजार, तृतिय हुने लक्ष्मी कुमार श्रेष्ठ, रामकुमार श्रेष्ठ र विनोद लम्साल, कृष्णकुमार श्रेष्ठले क्रमस १५-१५ हजार नगद पुरस्कार पाए ।
  • जिल्ला स्तरीय महिला एकल टिममा १४ टिम सहभागि थिए, जसमा बविता पुरीले रेखा अधिकारीलाई पराजित गर्दै प्रथम पुरस्कार १२ हजार नगद हात परिन । यस विधामा द्वितिय हुने रेखा अधिकारीले ७ हजार, तृतिय हुने रविना थापा र सरला तामाङले क्रमस ५-५ हजार नगद पुरस्कार जितेका थिए ।
  • जिल्ला स्तरीय १७ वर्ष मुनिका केटा एकल विधामा ११ टिम सहभागि थिए जसमा सलिन तामाङले प्रथम पुरस्कार १५ हजार, जनिश आमत्य द्वितिय ८ हजार, निर्दिष्ट अधिकारी र आयुष क्षेत्रि तृतिय हुँदै ५-५ हजार पुस्कार जिते ।
  • जिल्ला स्तरिय भेन्ट्रान्स ४५ ओभर पुरुष एकल तर्फ १२ टिम सहभागि थिए । जसमा गणेश कुमार श्रेष्ठ र कृष्ण कुमार श्रेष्ठको जोडिले प्रथम पुरस्कार ३० हजार, राजेन्द्र अधिकारी र राममणि मिश्रको जोडि दितिय हुँदै २० हजार, दोर्णनाथ सेढाई र रामशरण श्रेष्ठ, उदयबहादुर थापा र पुष्पराज उप्रतीको टिम तृतिय हुँदै १२-१२ हजार पुस्कार जितेका थिए ।
  • जिल्ला स्तरिय अफिसर्स टिम युगल विधामा १८ टिम सहभागि थिए । जसमा नीलकण्ठ नगरपालिका प्रमुख भिम प्रसाद ढुङ्गाना र दुर्गा शाहीको टिम प्रथम हुँदै १५ हजार, रमेश अर्याल र सुमन सेढाई दितिय हुँदै १० हजार, लिला कान्त विक, तुलबहादुर थापा र हरि पाटामगर, ज्ञान नारायण श्रेष्ठ तृतिय हुँदै ८-८ हजार पुस्कार जितेका थिए ।
  • पालिका अन्तरगत पुरुष युगल बी विधामा ३५ टिमसहभागि थिए । जसमा टेक गुरुङ र इश्वर थापामगरले प्रथम हुँदै २० हजार, पोषण चौधरी र भिषण कुमार श्रेष्ठ दितिय हुँदै १४ हजार, विनोद लम्साल र राममणि मिश्र, लक्ष्मण मल्ल ठकुरी र भिमसेन थापा तृतिय हुँदै ८-८ हजार पुस्कार जिते ।
  • नगरपालिका अन्तरगत पुरुष युगल सी विधामा ४७ टिम सहभागि थिए जसमा दिनेश तिमल्सिना र रमेश कोईराला प्रथम हुँदै १५ हजार, अर्जुन कुमार श्रेष्ठ र सोनीग्याम्बा तामाङ दितिय हुँदै १० हजार, रामबाबु अधिकारी, राजेन्द्र कुँवर र रामजी अधिकारी, राजकुमार श्रेष्ठ तृतिय हुँदै ८-८ हजार जितेका थिए ।

अत्यन्त भव्य र सभ्य ढंगबाट सम्पन्न भएको यस प्रतियोगिताको प्रवर्धन नीलकण्ठ नगरपालिकाले र प्राविधिक सहयोग नेपाल ब्याडमिण्टन संघ केन्द्रिय कार्याललयले गरेको आयोजक जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष विष्णुलाल श्रेष्ठले बताउनु भयो ।