धादिङ पुस ६ । प्रतिनिधिसभा विघटन विरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकर्ताहरुले धादिङको थाक्रे ६ महादेवबेसी बजारमा प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गैरसंवैधानिक भएको बताउँदै नेकपा थाक्रेका सचिव जिन्दगी थापाको नेतृत्वमा महादेवबेसी बजारमा प्रदर्शन भएको हो ।
उक्त बिरोध कार्यक्रममा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर, केपी ओली मुर्दावाद र असंवैधानिक निर्णय खारेज गर, संसद विघटन फिर्ता गर जस्ता नारा लगाइएको थियो ।