धादिङ मंसिर २२ । धादिङमा पछिल्लो २४ घण्टामा ५ जना थपिए सँगै कोरोना भाईरस संक्रमितको संख्या १४ सय ६० जना पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार (आज) सोमबार पुष्टि भएका संक्रमितहरु धादिङ अस्पतालमा ३ जना, ज्वालामुखि र गल्छी गाउँपालिकामा १-१ जना रहेका छन् ।
धादिङमा हाल सम्म कोरोना संक्रमणबाट १३ सय १ जना मुक्त भई घर फर्कि सकेका छन् ।