धादिङ मंसिर १८ । धादिङका अधिकाँश किसानले यो मंसिरको मध्यान्न तिरै धान घरमा भित्र्याई सके, भने अहिले परालको व्यवस्थापन गरि रहेका छन् ।
बेनीघाट रोराङ गाउँपालिका ३ स्थित मलेखु रिचोकटारका किसानले भने न धान, न पराल दुबै भित्र्याउन पाएनन् यो वर्ष । कुनै-कुनै किसानले मात्रै हैन रिचोकटारका सबै किसानको गरेर करिव ३ हजार हेक्टरमा लागाईएको धानको बाला नै लागेन ।
बिऊ गतल परेर बाला नलाएका खवरहरु त धेरै आउने गरेका थिए, तर रिचोकटारमा भने त्यसो होईन, जव किसानले धान रोपे तव सिचाई नहर पहिरोले क्ष्यति पुर्यायो र पानी लाग्न नपाई रोपो नै सुकेकोले धान बाला लाग्ने अवस्थामा समेत पुग्न नसकेको स्थानीय विद्या सागर कंडेल बताउनु हुन्छ ।
योजना आयोगका उपाध्यक्ष डा. पुष्प कडेल, भुमि त्रिपाठी, मिनराज कडेल लगायतका नेताहरु जन्मिएका उर्वभरभुमि यस मलेखु रिचोकचारमा सिंचाई आयोजना २०४९ सालमा सुरु भएपनि ०६५ मा रिचोकटारबासीले पानीको उपयोग गर्न पाएका हुन् । तर यस रिचोकटार सिन्चाई आयोजनाको कतिपय कामले अझै पूर्णता पाउन बाँकी रहेको स्थानीयहरु बताउँछन् ।
यो वर्षको वाढी पहिरोमा रिचोकटार सिन्चाईको नहर पनि पर्यो । मर्मतमा कसैले चासो देखाएनन् । पानी अभाव भयो, जसका कारण ३ हजार हेक्टरमा लगाईएको धानको बाला नै लाग्न सकेन ।