धादिङमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १२ सय ८४ पुग्यो

Avatar photo
Dhadingpost
बुधबार, मंसिर १७, २०७७

धादिङ मंसिर १७ । धादिङमा हाल सम्म पुष्टिभएका १४ सय २६ जना कोरोना संक्रमित मध्य १२ सय ८४ जना निको भएर घर फर्किएका छन् ।

कोरोना मुक्त भएर आज (बुधबार) मात्रै ७ जना घर फर्किएका छन्, जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

यस्तै आजै ५ जनालाई थप कोरोना पुष्टिभएको छ । जसमा धुनीबेसी नगरपालिका वडा नं ९ की ६९ वर्षिया महिला, गजुरी गाउँपालिका वडा नं ८ का २९, ३९ र ४९ वर्षिय पुरुष र नेत्रावती डब्जोङ गाउँपालिका वडा नं ३ का ३२ वर्षिय पुरुष रहेका छन् ।