गंगाजमुना गाउँसभा सदस्य डम्बर बहादुर ढकालको निधन

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक ४, २०७७

धादिङ कार्तिक ४ । धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ६ का जन निर्वाचित सदस्य एवम् गाउँपालिका गाउँसभाका सदस्य डम्बर बहादुर ढकालको निधन भएको छ ।

पूर्व गाविस अध्यक्ष एवम् गाउँपालिकाका गाउँपालिकाको विधान संशोधन समितिका सदस्य समेत रहनु भएका ढकालको ५९ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो ।

ढकालको निधन पछि गंगाजमुना गाउँपालिकाले एक सूचना जारी गर्दै कार्तिक ४ गते गाउँपालिका अन्तरगतका सम्पूर्ण काम कार्वाहीहरु बन्द हुने जानकारी गराएको छ ।

ढकालले तात्कालिन नेकपा एमालेको तर्फबाट वर्डा सदस्यमा निर्वाचित हुनुभएको थियो ।