धादिङ कार्तिक ३ । धादिङमा यो पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै धादिङमा कोरोना संक्रमित हुनेको संख्या ८७९ जना पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङका अनुसार आज थपिएका संक्रमितमा नीलकण्ठ नगरपालिकाका १३ जना, रुबीभ्याली गाउँपालिकाका ७ जना, खनियाबास गाउँपालिकाका ६ जना, थाक्रे गाउँपालिकाका ४ जना, गजुरी गाउँपालिकाका ३ जना, सिद्धलेक गाउँपालिकाका २ जना, ज्वालामुखी गाउँपालिकाका २ जना, बेनीघाट रोराङ गाउँपालिकाका १ जना, त्रीपुरासुन्दरी गाउँपालिकाका १ जना, गंगाजमुना गाउँपालिकाका १ जना र नेत्रावती डबजोङ गाउँपालिकाका १ जना गरी ४१ जना छन् ।
हाल सम्मका संक्रमित मध्य ९ जनाको मृत्यु भएको छ भने ४४८ जना निको भएर घर फर्कि सकेका छन् ।