
धादिङ असोज २५ । कात्तिक १ गते शनिबारदेखि यस वर्षको महान् चाड बडादशैँ शुरु हुँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँ टीकाको साइत बिहान १० बजेर १९ मिनेट उत्तम रहेको बताएको छ ।
दशैंका उत्तम साईतहरु
- घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११ः४६ बजे
- घटस्थापनाका दिन चित्रा नक्षत्र परेकाले दोष नाश गर्ने अभिजित् मुहूर्त दिनुपर्दा ११ः४६ बजेको साइत
- कात्तिक २ गते आइतबार बिहान १०ः५३ बजे पश्चिम फर्केर झण्डा फेर्ने साइत
- कात्तिक ५ गते बुधबार पचली भैरव यात्राको साइत
- कात्तिक ७ गते शुक्रबार फूलपातीकै दिन बिहान ८ः५६ बजे तुलजा भवानीको यात्रा चलाउने साइत
- दशैँको मुख्य दिन कात्तिक १० गते बिहान १०ः११ बजे टिकाको साइत