धादिङबेसी सडक पौने पाँच करोडमा ‘आस्फाल’ कालोपत्रे गर्नु सुरु

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज २३, २०७७

धादिङबेसी असोज २३ । सडक बोर्ड नेपालका डईरेक्टर एवम् नीलकण्ठ नगरपालिका प्रमुख भिम प्रसाद ढुङ्गानाले धादिङबेसी सदरमुकाममा दशै अगाडी नै सडक कोलोपत्रे गरिसक्न निर्देशन दिनु भए सँगै ठेकेदार कम्पनीले बिहिबार देखि काम सुरु गरेको छ ।

शिवशक्ति कन्ट्रक्सन मकवानपुरले ठेक्का पारेको धादिङबेसी मुल सडक र बजार क्षेत्रका शाखा सडक समेत गरि ७ किलो मिटर पुरानो कालोपत्रे माथि थप कालो पत्रे हुने बतााईएको छ ।

यस कामको लागि सडक बोर्ड मार्फत म आफैले ४ करोड ७० लाख रुपैया यो कामको लागि विनियोजन गरे सँगै टेन्डर भएको र ठेकेदार कम्पनीले काम गर्न सुरुगरिसकेकोले दशै अघि काम सकिनेमा ढुक्क हुन पनि नगर प्रमुख ढुङ्गानाले आग्रह गर्नुभएको छ ।

अहिले धादिङबेसीमा हुँदैगरेको ‘आस्फाल’ पिच हो यो राम्रो र बलियो पनि हुने ठेकेदार कम्पनीको दाबी छ । नीलकण्ठ नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष गौतमहरी अधिकारी, वडा सदस्य गोपीकृष्ण भण्डारीले बिहिबार उक्त आस्फाल पिचको संयुक्त उद्घाटन गर्नुभएको थियो ।