कार्यबहाक वडा अध्यक्षद्वारा किर्ते सिफारिस

Avatar photo
Dhadingpost
बुधबार, अशोज २१, २०७७

धादिङ असोज २१ । धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ९ का कार्यबहाक वडा अध्यक्ष दिपक बराईलीले वडामा हुँदै नभएको ब्यक्तिको नाममा किर्ते सिफारिस गरेको पाईएको छ ।

कार्यबहाक वडा अध्यक्ष बराईलीले निलकण्ठ नगरपालिका वडा नम्बर ९ साल्बोटेका याम प्रसाद दुवाडीलाई लम्साल थर लेखेर किर्ते सिफारिस गरेको पाईएको हो । बराईली नेपाली काँग्रेसबाट निर्वाचित वडा सदस्य हुनुहुन्छ ।

वडाका कार्यावाहक अध्यक्ष दिपक बराईलीले दुवाडीको पारिवारिक विवरण प्रमाणीकरणका लागि दिएको सिफारिसमा थर दुवाडीलाई लम्साल बनाई मंगलबार सिफारिस गरेका हुन् । कार्यवहाक वडा अध्यक्ष बरार्ईलीले भने कर्मचारीको विश्वस गरें, कागज पत्र सहि नै होला भनेर आफुले हस्ताक्षर गरेको बताउनु भयो ।

सिफारिसमा याम प्रसादको श्रीमती र एक छोरीमात्रै भएको लेखिएको छ । तर लम्साल लेखिएका व्यक्ति याम प्रसाद दुवाडी भएको उनको नागरिकता नम्बर र फोन नम्बरले स्पष्ट पारेको छ हामीले फोन गर्दा पनि आफु लम्साल नभएर दुवाडी नै भएको र वडाले सिफारिसमा के लेखिदिएको छ, भनेर नहेको धादिङपोष्ट सँगको कुराकानीमा बताउनु भयो ।

घरमा दुई भाइ छोरा हुँदाहुँदै दुवाडीले ती दुई छोराको विवरण सिफारिसमा नलेख्नु र वडा कार्यालयले दिएको सिफारिस र नगदी रसिदमा पनि लम्साल लेखिनु वडाको त्रुटि नभई किर्ते कार्य भएको पुष्टि भएको छ ।

दुई छोरा जन्मिए पछि, श्रीमती त्यागेका दुवाडीले कान्छी श्रीमती ल्याएको र उनिबाट एक छोरी जन्मिएको छ । दुवाडीले छोराहरुलाई छल्न वडाबाट किर्ते सिफारिस बनाउन लगाएको र कार्यबाहक वडाअध्यक्ष बराईलीले मिलेमतोमा सिफारिस बनाएको खुलेको छ ।

दुवाडीको बालकृष्ण (२४), राधाकृष्ण (२१) बर्षका दुई छोरा घरमा संगै रहेपनी किर्ते सिफारिसमा भने छोरी मात्रै उल्लेख गरिएको छ ।