धादिङमा कोरोना संक्रमित ४८९ जना पुग्यो, आज थपिए ९ जना

Avatar photo
Dhadingpost
सोमवार, अशोज १९, २०७७

धादिङ असोज १९ । धादिङ जिल्लामा कोरोना संक्रमितको संख्या ४८९ जना पुगेको छ जसमा ९ जना आज (सोमबार) थपिएका हुन् ।

आज थपिने संक्रमितहरुमा धुनीबेसी नगरपालिकामा, बेनीघाट रोराङ, थाक्रे गाउँपालिकामा २/२ जना र गल्छी, नेत्रावती डब्जोङ र सिद्धलेक गाउँ पालिकामा १/१ जना छन् ।

जसमा थाक्रे गाउँपालिका वडा नं ६ का २४ वर्षिय महिला, ४१ वर्षिय पुरुष, बेनिघाट रोराङ गाउँपालिका वडा नं २ का ३१ र ५२ वर्षिय पुरुष, नेत्रावती डब्जोङ गाउँपालिका वडा नं १ का २७ वर्षिय पुरुष पुरुष, सिद्धलेक गाउँपालिकाका ३१ वर्षिय पुरुष, गल्छी गाउँपालिका वडा नं ६ का ३३ वर्षिय पुरुष, धुनीबेशी नगरपालिका वडा नं ६ का ६० वर्षिय पुरुष र वडा नं ८ की ४२ वर्षिय महिला रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

हाल सम्म धादिङका ४८९ जना संक्रमित मध्य ३ जनाको मृत्यु भएको छ भने ३३२ जना निको भएर घर फर्कि सकेका छन् ।