धादिङ गल्छीका ३ जना बाघको छालासहित पक्राउ

Avatar photo
Dhadingpost
सोमवार, अशोज १९, २०७७

धादिङ असोज १९ । धादिङ गल्छीका तीन जना (टेकबहादुर तामाङ, सुजन थिङ, आशिष तामाङ) र मकवानपुरको थाहा नगरपालिकाका सानुकान्छा थिङ बाघको छाला सहित पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले स्वयम्भूस्थित होटल प्लाजामा ६० लाखमा बेच्नेगरी ल्याएर राखिएको पाटे बाघको छालासहित उनीहरुलाई पक्राउ गरेको हो ।

धादिङको स्थानीय व्यक्तिबाट टेकबहादुर तामाङले नगद ३५ लाख रुपैयाँमा छाला खरिद गरी ल्याएको र उक्त पैसा स्थानीय अर्को व्यक्तिले लगानी गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट बुझिएको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनु भयो ।