धादिङमा कोरोना पोजेटिभको संख्या ४८० पुग्यो ८ जना आज थपिए

Avatar photo
Dhadingpost
आइतवार, अशोज १८, २०७७

धादिङ असोज १८ । धादिङमा कोरोना भाईरस संक्रमितको संख्या ४८० जना पुगेको छ जसमा ८ जना आज (आईतबार) थपिएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय धादिङका अनुसार आज थपिने ८ जनामा नीलकण्ठ नगरपालिकामा ३ जना, सिद्धलेक गाउँपालिकामा २ जना, त्रीपुरासुन्दरी गाउँपालिका, गंगाजमुना गाउँपालिका, खनियाँबास गाउँपालिकामा १-१ जना रहेका छन् । जसमा नीलकण्ठ नगरपालिका वडा नं २ की २५ बर्षिया महिला, वडा नं १४ का २४,२९ बर्षिय पुरुष, सिद्धलेक गाउँपालिका वडा नं ३ का ३० बर्षिय पुरुष, वडा नं १ का ४३ बर्षिय पुरुष, खनियाबास गाउँपालिका वडा नं ४ का ६२ बर्षिय पुरुष, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ३ का ३५ बर्षिय पुरुष र गंगाजमुना गाउँपालिका वडा नं ५ का ४० बर्षिया महिला छन् ।

धादिङमा अहिले सम्मका ४८० संक्रमित मध्य ३ जनाको मृत्यु भएको छ भने ३३१ जना निको भएर घ फर्कि सकेका छन् ।