धादिङबेसीमा त्रिपुरा स्टेशसनरीले ३ रुपैयाँ मै माक्स दिन थाल्यो

Avatar photo
Dhadingpost
सोमवार, अशोज १२, २०७७

धादिङ असोज १२ । धादिङबेसी बीचबजामा रहेको त्रिपुरा स्टेशनरीले विद्यार्थीलाई लक्ष्यित गरि ३ रुपैयाँमा नै ३ लियरको सर्जिकल माक्स वितरण गर्न थालेको छ ।

सफल व्यवसायीका रुपमा उदाउँदै गर्नुभएका त्रिपुरा स्टेशसनरीका संचालनक नारायण कुमार श्रेष्ठले विद्यालयहरु संचालनमा आउन थाले सँगै विद्यार्थीहरुका लागि माक्स ३ रुपैयाँमा र फेस भाईजन ८० रुपैयाँमा दिन थालिएको बताउनु भयो ।

विद्यार्थीहरुलाई विद्यालयले माक्स र फेस भाइजर अनिवार्य गरे सँगै विद्यार्थीहरु नठगिउन भनेर आफुले सुपथ मुल्यमा नै मास्क, फेस भाईजर, सेनिटाईजर र स्टेशनरीका सामाग्री वितरण गरेको संचालनक श्रेष्ठ बताउनुहुन्छ ।