त्रिपुरासुन्दरीमा शिवालय बाल क्लव गठन

Avatar photo
Dhadingpost
आइतवार, अशोज ११, २०७७

धादिङ असोज ११ । धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ मा शिवालय बाल क्लव गठन गरिएको छ ।

शिशिर थापा (राम) को अध्यक्षतामा शनिबार गठन गएिको उक्त बाल क्लवका सदस्यहरुलाई स्थानीय जेष्ठ नागरिक दल बाहादुर थापा टिका लगाई बधाई दिनु भएको थियो ।

बाल बालिका स्कुल बाहेक फुर्सदको समयमा उनीहरुको प्रतिभालाई अगाडि बढाउने, बाल अधिकारका कुरा र बाल सचेतनाको क्षेत्रमा काम गर्ने गरि नव गठित उक्त बाल क्लवलाई स्थानीय शम्भु थापाले नगद ५ हजार सहयोग गर्ने घोषणा गर्नु भएको छ । फोटो शम्भु थापा