मजदुरका बालबालिकालाई खाद्यान्न सहयोग

Avatar photo
Dhadingpost
आइतवार, अशोज ११, २०७७

धादिङ असोज ११ । धादिङको धुनीबेसी नगरपािलका र थाक्रे गाउँपालिका क्षेत्रमा रहेका इट्टा उद्योगमा काम गर्ने मजदुरका बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरिएको छ ।

प्रयास नेपाल धादिङले उक्त क्षेत्रमा रहेका इट्टा उद्योगमा काम गर्ने मजदुरका ८५ जना बालबालिकालाई शनिबार खाद्यान्न सहयोग गरेको हो ।

१ जनालाई २५ केजीको १ बोरा चामल दाल २ केजी, नुन १ केजी, खानेतेल १ लिटरका दरले सहयोग गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनु भयो । प्रयास नेपालले बालबालिकाको क्षेत्रमा लामो समय धादिङ जिल्लामा काम गर्दै आएको छ ।