अरिंगाल पोल्दा लडेर घाईते भएका धादिङका गुरुङलाई आर्थिक सहयोग

Avatar photo
Dhadingpost
शनिबार, अशोज १०, २०७७

धादिङ असोज १० । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ४ स्थित कार्कीगाउँ भन्दा तलको जंगलमा भदौ ३० गते अरिंगाल पोल्दै गर्दा रुखको हाँगा भाँचिएर लड्दा दुई मध्य टेकबहादुर मगर मृत्यु भयो भने अर्का राजबीर गुरुङ घाईते हुनुभयो ।

काठमाडौंस्थित मनमोहन मेमेरियल अस्पतामा उपचारत घाइते राजबीर गुरुङलाई मदन भण्डारी फाउण्डेशन धादिङले आर्थिक सहयोग गरेको हो ।

आर्थिक रुपमा विपन्न गुरुङको उपचारमा आर्थिक समस्या भएपछि व्यक्तिहरुबाट संकलित ५५ हजार ५ सय ५ रूपैया फाउण्डेशनका अध्यक्ष उमेश कुमार थापाले घाईते गुरुङलाई हस्तान्तरण गर्नुभएको हो ।