सिद्धलेकको एक नर्स एक विद्यालय कार्यक्रम नलाङमा सिमित

Avatar photo
Dhadingpost
शनिबार, अशोज १०, २०७७

धादिङ असोज १० । धादिङका १३ स्थानीय तहका २६ वटा विद्यालयले यस वर्ष प्रदेश सरकारको एक विद्यालय एक नर्स कार्यक्रमक नर्स पाएका छन् ।

स्थानीय तहले छनौटको गरी एक विद्यालय एक नर्स सेवाको लागि प्रदेश सरकारलाई विवरण बुझाए अनुसार सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले यस वर्ष नर्स सेवा पाउने विद्यालयको नाम असोज ७ गने सूचना प्रकाशित गर्दै सार्वजनिक गरिसेको छ ।

धादिङका अधिकाँश स्थानीय तहले भुगोल र विद्यलयको अवस्था हेरि विद्यालय छनौट गरेको पाईए पनि साविकका ३ वटा गाउँपालिका (सिद्धलेक, सलाङ र कुम्पुर) मिलेर बनेको सिद्धलेक गाउँपालिकाले भने साविकको नलाङबाट मात्रै २ विद्यालयहरुलाई छनौट गरे सँगै यस वर्ष एक नर्स एक विद्यालय कार्यक्रम नलाङमा मात्रै सिमित बन्न पुगेकोहो ।

नर्सको सुविधा पाउने नलाङका दुई विद्यालय

  • मिन्दुका मावि बैरेनी
  • नलाङ पात्ले मावि खिर्रे भञ्ज्याङ

यतिबेला भौगोलिक अवस्थाले अलि नमिलेको देखिने सिद्धलेक गाउँपालिका प्रमुख प्रेमनाथ सिलवालले साविकको आफ्नै गाविसका २ विद्यालयमा नर्स पारेको आरोप प्रत्यारोप सुरु भएको छ ।

यस विषयमा धादिङपोष्ट कुरा गर्दै सिद्धलेकका प्रमुख प्रशासकीय अधिकृत धनेश्वर पौड्याल भन्नु हुन्छ, साविकको एउटै गाविसमा पार्न नहुने भन्ने कार्यविधिमा छैन । गाउँ कार्यपालिकाको मिटिङले कार्यविधि अनुसार नर्सको लागि २ विद्यालय छनौट गर्दा नलाङका २ विद्यालय परेका हुन् ।

त्यसो त कुम्पुरको महाकाली मावि मा गत वर्ष नै प्रदेश सरकारले नर्सको व्यवस्था गरिसकेको छ भने यो वर्ष नलाङ र सलाङमा बाँढ्न कार्य विधिले रोकेको देखिँदैन ।

के छ कार्य विधि ?