सिद्धलेकको मुक्तिनाथ मन्दिर नजिकै ट्याक्सी दुर्घटना एक जनाको मृत्यु

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज ९, २०७७

धादिङबेसी असोज ९ । धादिङको सिद्धलेक गाउँ पालिका वडा न ६ मा कालुपाण्डे राजमार्ग स्थित मुक्तिनाथ नजिकै तिरतिरे धारामा सुत्केरी लिएर धादिङबेसी तर्फ आउँदै गरेको ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौबाट सुत्केरी लिएर आउदै गरेको उक्त बिहिबार राती १०ः३० बजे बा १ ज १२६२ नम्वरको ट्याक्सि दुर्घटना हुँदा खनियाँवास गाउँपालीका निवासी ५० वर्षिय विन्दु तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरो गएको ठाउँबाट एक सय पचास मिटर तल खसी थोपल खोलामा पुगेको उक्त ट्याक्सीमा सवार अन्य ४ जना घाईत भएको समेत प्रहरीले जनाएको छ ।