धादिङमा कोरोना संक्रमितको संख्या ४०४ पुग्यो

Avatar photo
Dhadingpost
बिहिबार, अशोज ८, २०७७

धादिङ असोज ८ । धादिङ जिल्लामा कोरोना भाईरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ४०४ जना पुगेको छ जसमा ६ जना आज (बिहिबार) थप भएका हुन् ।

आज थप हुनेमा नीलकण्ठ नगरपालिकाबाट ४ जना, थाक्रे गाउँपालिकाबाट २ जना रहेका छन् ।जस मध्य क्रमितहरुमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ४८ वर्षीय पुरुष, ६३ र ८८ वर्षीय महिला, वडा नम्बर ८ का ५३ वर्षीय पुरुष र थाक्रे गाउँपालिका वडा नम्बर ११ का ४३ वर्षीय पुरुष, वडा नं ३ का ४९ वर्षीय पुरुष रहेका छन् ।

अहिले सम्मका संक्रमित मध्य २ जनाको मृत्यु भएको छ भने २६९ जना निको भएर घर फर्कि सकेको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।