धादिङमा आज ११ जनामा कोरोना पोजेटिभ भएको पुष्टि

Avatar photo
Dhadingpost
बुधबार, अशोज ७, २०७७

धादिङ असोज ७ । धादिङ जिल्लामा आज (बुधबार) ११ जनामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

आज संक्रमित हुनेमा सबै भन्दा बढी नीलकण्ठ नगरपालिकामा ८ जना, गजुरी गाउँपालिका, त्रिपुरा सुन्दरी गाउँपालिका र थाक्रे गाउँपालिकामा ११ जना रहेका छन् ।

जसमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का २४, ४१ वर्षीय पुरुष, १९, ३०, ३९ वर्षीय महिला, वडा नम्बर ८ का २५ वर्षीय पुरुष, वडा नम्बर १० का ३५ वर्षीय पुरुष, वडा नम्बर १२ का ५४ वर्षीय पुरुष, थाक्रे गाउँपालिका वडा नम्बर ८ का ४७ वर्षीय पुरुष,गजुरी गाउँपालिका वडा नम्बर २ की ५३ वर्षीय महिला र त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ का ३० वर्षीय पुरुष रहेका छन् ।

यो सँगै धादिङमा कोरोना भाईरस संक्रमितको संख्या ३९८ जना पुगेको छ भने संक्रमित मध्य २ जनाको मृत्यु र २६१ जना निको भएर घर फर्किसकेका छन् ।