गलौदीमा पहिरो जाँदा दुई ट्रकमा क्षेति, सडक अवरुद्ध

Avatar photo
Dhadingpost
बुधबार, अशोज ७, २०७७

धादिङ असोज ७ । गजुरी गाउँपालिका १ पृथ्वी राजमार्ग स्थित गलौंदी खोलाको घुम्तिमा अविरल वर्षाको कारण बिहान ८ बजे सडक भन्दा माथिको ढिस्को खस्दा यातायात अबरुद्ध भएको छ ।

उक्त पहिरोमा परि एक वटा भारतीय ट्रक र १ वटा नेपाली ट्रक क्षेतिग्रस्त भएको प्रहरीले जनाएको छ । राजमार्ग खुलाउन सडक डिभिजन र गजुरी गाउँ पालिकाको पहल भैरहेको रामचन्द्र थापाले धादिङपोष्टलाई जानकारी दिनु भयो ।

यस्तै र गएराति परेको अविरल वर्षाको कारण मुग्लिन-नारायणगढ सडक खण्ड र मुग्लिन-नौबिसे सडक खण्ड अवरुद्ध भएको छ । मुग्लिन-नारायणगढ सडक खण्डको चितवनको इच्छा काममा गा पा ६ चारकिलो डांडा र मुग्लिन-नौबिसे सडक खण्डको धादिङ बेनिघाट रोराङ गा पा १० को जोगिमारामा पहिरो दुवै सडक खण्ड अवरुद्ध भएको छ ।

सडक डिभिजन कार्यालयको लोडर प्रयोग गरी पहिरो हटाउने कार्य सुरु गरिए पनि राजमार्ग सुचारू हुन अझै २-३ घण्टा लाग्न सक्ने बताएको छ ।