धादिङबेसीमा ब्याडमिन्टन कभर्ड हलको शिलान्यास

Avatar photo
दिपेश कडेल
सोमवार, भदौ २९, २०७७

धादिङ भाद्र २९ । धादिङबेसी सदरमुकाममा सुविधा सम्पन्न ब्याडमिन्टन कभर्डहल निमार्ण सुरु भएको छ । सोमबार एक कर्यक्रमका बीच नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गनाले भवनको शिलान्यास गर्नुभएको हो ।

तात्कालिन अवस्थामा नेपाल खाद्य संस्थानको नाममा रहेको जग्गा मध्य केहि नीलकण्ठ सहकारीले प्रयोग गर्दै आई रहेको थियो, भने केहि जग्गा खाली अवस्थामा रहेको थियो । त्यहि खाली जग्गामा ब्याडमिन्टन कभर्डहल बनाउन नीलकण्ठ नगरपालिकाले २० लाख रुपैया विनियोजन गरे सँगै धादिङ जिल्ला ब्याडमिन्टन संघले भवन निमार्ण सुरु गरेको हो ।

यो कोरोन संकटमा धादिङमा मात्र तीन सय भन्दा बढी खेलाडीहरु व्याडमिन्टन खेलमा आवद्ध भएको र धादिङ जिल्लामा मात्र ५०० भन्दा बढी व्याडमिन्टन खेलाडी रहेको संघका अध्यक्ष विष्णुलाल श्रेष्ठले बताउनु भयो ।

धादिङबेसी सदरमुकाममा मात्र ५ वटा भन्दा बढी काम चलाउ ब्याडमिन्टन खेल मैदान छन् । लकडाउनमा सबै खेल प्राय बन्द छन् तर ब्याड मिन्टन झनै लोकप्रिय हुँदै गएको छ । ब्याडमिन्टन कभर्डहल निर्माण पश्चात विभिन्न विधाको राष्ट्रिय स्तरको प्रतियोगिता गरिने अध्यक्ष श्रेष्ठले धादिङपोष्टलाई बताउनु भयो ।

अहिले यो नगरपालिकाको वेजटले ३ वटा कोट रहने ब्याडमिन्टन कभर्डहलको डीपीसी मात्र हुन्छ । धादिङमा जिल्ला स्तरीय प्रतियोगिता गर्ने ठाउँ समेत छैन । यो अवस्थामा ब्याडमिन्टन कभर्डहल बनाउन सुरु गरिएको छ साथ र सहयोग ३ वटै सरकारबाट हुने आशा गरिएको उपाध्यक्ष राजकुमार श्रेष्ठ (डिजि) ले बताउनु भयो ।

प्रदेश र खेलकुद परिषदमा समेत वजेट माग गरिएको छ, उहाँहरु पोजेटिभ नै हुनुहुन्छ त्यसैले नगरपालिकाको बजेटले डिपिसी मात्र भएनी अन्य कामको लागी प्रदेश र संघले पैसा विनियोजन गर्नेमा कोषाध्यक्ष रामचन्द्र गिरी आशावादी हुनुहुन्छ ।