हुग्दी खोलामा ट्रकको ठक्करबाट एक बालकको मृत्यू

Avatar photo
Dhadingpost
आइतवार, भदौ २८, २०७७

धादिङ भाद्र २८ । धादिङको बेनिघाट रोराङ गाउँपालिका १० स्थित पृथ्वी राजमार्गको हुग्दी खोला नजिकै तिब्र गतिमा गुडेको ट्रकले ठक्कर दिँदा एक बालकको मृत्यू भएको छ ।

आईतबार दिउँसो ४ करीव बजे काठमाडौबाट मुग्लिङ तर्फ गइरहेको ना ६ ख ३४६६ नम्बरको ट्रकले ठक्कर दिँदा गोर्खा जिल्ला गण्डकी गाउँपालिका ६ कैदी बस्ने १२ वर्षिय प्रवचन प्रजाको मृत्यु भएको प्रहरीलाई उदृढ गर्दै रामचन्द्र थापाले धादिङपोष्टलाई जानकारी दिनु भयो ।

स्याङ्जा जिल्ला बिरुवा गाउँपालिका ६ घर भएका ट्रक चालक सोमराज मरासिनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतको शव पोस्टमार्टमको लागि गजुरी स्थित स्वास्थ केन्द्र ल्याईएको छ ।