
धादिङ भाद्र २८ । धादिङको नीलकण्ठ नगरपालिका ११ ज्यामरुङमा रहेको नेपाल एग्रो फर्म हाउसले ब्यबसायिक अलैंची खेती सँगै किसानहरु यस खेती तर्फ थप आकर्षित बनेका छन् ।
बिगत ४ बर्ष अगाडिदेखि २५० रोपनी भन्दा बढी जग्गा भाडामा सम्झौता गरी नेपाल एग्रो फर्म हाउसले ब्यबसायिक रुपमा अलैंची खेतीको सुरुवात गरेको थियो ।
अहिले ज्यामरुङका मुख्य फाँटहरु जस्तै, जुँडिखेत, दशाखन्ना, पारिखन्ना, बिशमुरे गैरी, कदमगैरी, कान्ले, सुङ्गुरे, अर्चले लगायतका फाँटहरुमा अलैंची खेतिको राम्रै बगैंचा निर्माण भैसकेको छ ।
१० जनाभन्दा बढिलाई रोजगार दिदै आईरहेको नेपाल एग्रो फर्म हाउसले आगामी दिनमा अन्य जग्गाहरु पनि प्रयोगमामा लिएर बिदेशीएका युवाहरुलाई स्वदेशमा नै रोजगारी दिने लक्ष्य राखेको छ र