धादिङमा कोरोना संक्रमितको संख्या २६८ पुग्यो, आज ११ जना थपिए

Avatar photo
Dhadingpost
भदौ २१, २०७७

धादिङ भाद्र २१ । धादिङ जिल्लामा कोरोना भाईरस (कोभिड १९) को संक्रमित हुनेको संख्या २६८ जना पुगेका छन् । यसमा आज १० जना थपिएका हुन् ।

आज धादिङमा थपिएका संक्रमितहरुमा त्रिपुरासुन्दरीमा ४ जना, नीलकण्ठ नगरपालिकामा २ जना, गल्छी गाउँपालिकामा २ जना, ज्वालामुखी गाउँपालिकामा १ जना, सिद्धलेक गाउँपालिकामा १ जना र ठेगाना खुल्न नसकेका गरी ११ जना रहेका छन् ।

जसमा नीलकण्ठ नगरपालिका वडा नं १४ का ३२ वर्षिय महिला, वडा नं ३ का ३६ वर्षिय पुरुष, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का ८ वर्षिय बालिका, १७,२२ र २७ वर्षिय पुरुष, गल्छि गाउँपालिका वडा नं ४ का ६ वर्षिय बालिका र २६ वर्षिय महिला, ज्वालामुखी गाउँपालिका वडा नं २ का २७ वर्षिय पुरुष,सिद्धलेक गाउँपालिका वडा नं १ का ३० वर्षिय पुरुष र धादिङ घर भई अन्य ठेगाना नखुलेका ३५ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा देशभरमा ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३८२ नमुना परीक्षण गर्दा २९० महिला र ६९० पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । उनीहरुमध्ये २८९ जनाको मृत्यु भएको छ भने २८ हजार ९४१ जना कोरोना मुक्त भएका छन् ।