
धादिङ भाद्र १९ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १३ खल्चेतका ६५ वर्षिय सोमबहादुर गुरुङको धारिलो हतियार प्रयोग गरि हत्या भएको छ ।
बिहिबार राती ११ बजे भएको उक्त घटना पछि हत्यामा संलग्न २६ वर्षिय राजु परियार सोम बहादुरको टाउको र हतियार सहित प्रहरीकोमा आत्मसमर्पण गर्न आएका थिए ।
विवाद भएपछि आफुले हत्या गरि दिएको ति युवकले प्रहरीलाई बताएका छन् भने थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी रुपक खड्काले बताउनु भयो ।