
धादिङ भाद्र १० । धादिङबाट प्रदेश सभाका लागि चुनाव जित्नु भएका सांसद जगत सिंखडाले एक अपिल जारी गर्दै अवस्था गम्भीर बन्दै गएको बताउनु भएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको उच्च जोखिममा धादिङ जिल्ला पनि पर्छ, जिल्लामा अवस्था गम्भीर बन्दै गएको बताउँदै सांसद सिंखडाले अत्यावश्यक काम भन्दा बाहेक घर बाहिर ननिस्कन अपिल गर्नुभएको हो ।
अपिलमा सांसद सिंखडाले अपिलमा भन्नु भएको छ, कोभिड-१९ सबै उमेर समुहमा सर्न सक्ने भएपनि खासगरी बालबालिका, नियमित औषधी सेवन गरि रहेका दिर्घरोगीहरु, बृद्धबृद्धाहरुमा अझै बढी जोखिम देखिएको छ ।
सांसद सिंखडाद्वारा जारी हस्तलिखित अपिलमा भनिएको छ, अवस्था गम्भीर बन्दै छ, सामाना हतोत्साही भएर हैन, उच्च मनोबलका साथ संकट विरुद्ध जुध्न सम्पूर्ण जनसमुदाय, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई अपिल गर्न चाहान्छु ।
