
धादिङ भाद्र ९ । धादिङमा गत साउन २८ गतेबाट जारी कर्फ्युलाई जिल्ला स्तरिय संकट व्यवस्थापन समितिले भाद्र १६ गते सम्मलाई लम्ब्याएको छ ।
यस अघि लगाईएको कर्फ्यु मंगलबार राती १२ बजेबाट सकिँदै थियो, तर जिल्ला प्रशासन कार्यालयमा आज बसेको समितिको बैठकले कोरोनाको उच्च जोखिम कायमै रहेको भन्दै भाद्र १६ गते सम्मलाई लम्ब्याएको हो ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला स्तरिय संकट व्यवस्थापन समितिले यसअघि साउन २८ यता कर्फ्युको मिति थपेको यो तेस्रो पटक हो ।
धादिङमा कर्फ्यु लगाएको समितिले निर्यण गरेपनि कार्यान्वयनमा भने फितले देखिँदै आएको छ । निजी गाडीहरु अत्यावश्यक काम भन्दै गुडि रहेका छन् भने अत्यावश्यक सामाग्रीका पसल दिनै भर खुल्ला रहन्छन् भने अन्य पसलहरु सटर बन्द देखिएपछि ग्राहक पाए सम्म विक्रि वितरण रोकिएको छैन ।
समितिको बैठकले कर्फरयु अत्यन्त कडा हुने हिडडुल समेत गर्न नपाईने भन्दै निर्णय गर्दै आए पनि धादिङबेसीमा दुई पाङ्ग्रे सवारी, खाद्यान्नका बोकेका र बोक्ने भनिएका गाडीहरुलाई कुनै रोकावट भएको देखिएको छैन ।