तामाङ पत्रकार संघ धादिङद्वारा सल्यानटारमा मास्क वितरण

Avatar photo
Dhadingpost
सोमवार, भदौ ८, २०७७

धादिङ भाद्र ८ । तामाङ पत्रकार संघ धादिङका पत्रकारहरुले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटारका बस्तीहरुमा मास्क वितरण गरेका छन् ।

कोरोना भाईरसको जोकिम न्यूनिकण गर्न र समुदाय स्तरमा सचेतना जगाउँदै माक्स र सेनिटाइजर वितरण गर्न सल्यानटार आईपुगेको अध्यक्ष बिमल तामाङले धादिङपोष्टलाई बताउनु भयो ।

तामाङ पत्रकार संघ धादिङ धादिङले केहि दिन पहिला धादिङबेसी स्थित मालेबगर एक कार्यक्रमको आयोजना नै गरेर माक्स वितरण गरेको थियो ।