त्रिशुली नदीको गल्छी रुम्टा बगरमा बालुवा झिक्ने ५ मजदुर पक्राउ

Avatar photo
Dhadingpost
सोमवार, भदौ ८, २०७७

धादिङ भाद्र ८ । धादिङको गल्छी गाउँपालिका ४ स्थित त्रिशुली नदीको रुम्टाबगरमा बालुवा झिक्दै गरेका ५ जना मजदुर पक्राउ परेका छन् ।

त्रिशुली नदीमा बालुका जिक्दै गर्दा उनीहरुलाई आईतबार राती ११ बजे पक्राउ गरिएको आदमघाट स्थित सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यलयले नदीबाट बालुवा उत्खनन् गर्न प्रतिबन्द लगाएको छ । पक्राउ पर्ने मजदुरहरु खोटाङ निबासी हुन् । उनीहरु केशव अधिकारीको स्वामित्व रहेको सक्सेस बालुवा प्रशोधन उद्योगका कर्मचारी हुन् । पक्राउ परेका ५ जनालाई नै इलाका प्रहरी कार्यालय गजुरीमा राखिएको छ ।

प्रशासनले बालुवा झिक्न प्रतिबन्द्ध लगाए सँगै उक्त क्षेत्रका मजदुरहरुले केहि दिन पहिला कि राहात दे, कि गरी खान दे, भन्ने नारा सहित प्रशासन आएर ज्ञापन पत्र बुझाएका थिए ।