बायर्नलाई यूईएफए च्याम्पियन्स लिगको उपाधि

Avatar photo
दिपेश कडेल
सोमवार, भदौ ८, २०७७

काठमाडौं भाद्र ८ । जर्मन च्याम्पियन बायर्नले पीएसजीलाई यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

लिस्बनमा आइतबार भएको निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा बायर्नले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० ले पराजित गर्दै छैटौं च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको हो ।

बायर्नका लागि किंग्सले कोमनले खेलको ५९ औं मिनेटमा किंग्सले कोमानको गोल नै निर्णायक गोल बनेको थियो ।