
धादिङ साउन ५ । धादिङमा विगत २१ वर्ष देखि आशा नेपाल नामक (बाल गृह) संचालनमा रहेको धेरैलाई थाहा छैन । जिल्ला बाल कल्याण समिति देखि स्थानीय तह समेत यस बाल गृह बारे बेखवर छ ।
०५६ सालमा नेपाल घुम्न आएकी जर्मन नागरिक डार्थेअले धादिङको झर्लाङमा रहँदा अनाथ बालबालिकाको हेरचाह र पालन पोषण देखि पढाउन सहयोग गर्न इच्छुक रहेको बताए पछि स्थानीय मापन तामाङले आशा नेपाल बाल गृह संचालनमा ल्याउनु भएको हो ।
१७ वर्ष अघि नेपाली काँग्रेस धादिङका सभापति एवम् पर्यटन व्यवसायी रमेश धमलाले वैदेशिक सहयोगमा नीलकण्ठ नगरपालिका साङ्कोषमा संचालनमा ल्याउनु भएको बाल भविश्य संगठन नेपाल (बाल गृह) को विषयमा अधिकाँशले सुनेका छन् । तर यो धादिङको सबै भन्दा पुरानो २१ वर्षे इतिहास बोकेको बाल गृह बारे जिल्ला बाल कल्याण समिति देखि स्थानीय तह समेत बेखवर रहेको पाईएको छ ।
जर्मन नागरिक डार्थेअ ०५६ सालदेखि झार्लाङमा स्थापना भएको यस बाल गृहलाई सहयोग गर्दै आउनु भएको छ । दुई वर्ष झार्लाङ संचालन गरेर ०५८ सालमा साङ्कोस पण्डित चौरमा ल्याईएको यस आशा नेपाल बाल गृह त्यसको केहि समयमै धादिङबेसी स्थित मालेबगरमा मापन तामाङले आफ्नै घरमा संचालन गरिरहेका छन् ।
जर्मन नागरिक डार्थेअको योजना अनुरुप यो बालगृह १० जनाको कोटा भए पनि १२ जना सम्म राखियो । यस बालगृह बालिका मात्र राखिन्छ । त्यो पनि कक्षा ५ भन्दा बढी ब्याचलर नगरेका । यो बालगृह मुख्य उद्धेश्य अनाथ आधारभुत तह भन्दा माथि पढ्न नसकेका कालिकाहरुलाई ब्याचलर पास गराउने रहेको संचालक तामाङ बताउनु हुन्छ ।
अहिले ७ जना बालिकाहरु यस बालगृहमा बसेर पढिरहेका छन् । यस बाल गृह कसरी संचालन गरि रहनु भएको छ ? भन्ने हाम्रो जिज्ञासामा संचालनक तामाङ भन्नु हुन्छ, जर्मन नागरिक डर्थेअले वार्षिक १० लाख दिनु हुन्छ त्यसैबाट संचालन हुँदै आएको छ । अब सहयोगीदाता डार्थेअ ९० वर्ष पुग्नु भयो, म बाँचुन जेल सहयोग गर्छु भन्नु त भाको छ त्यसपछि के गर्ने भन्ने चिन्ता पैदा हुन थालेको संचालक तामाङ बताउनु हुन्छ ।
अहिले अन्य कतैबाट सहयोग ल्याएको छैन । अन्य सहयोग पनि पाइयो भने धादिङबेसीमा अहिलेको भन्दा बृहत योजनाको साथ बालगृह संचालन गर्ने सोचमा रहेको समेत उहाँ बताउनु हुन्छ ।