धादिङ साङ्कोसको गलैंचा उद्योगमा ५० जनालाई रोजगारी

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ ५, २०७७

धादिङ भाद्र ५ । विदेश किन जानु पर्यो, विदेशकोे काम हामी आफ्नै घरमा गरि रहेका छौं साङकोष गलैंचा उद्योगका बुद्ध सिंह तामाङ बताउनु हुन्छ ।

शुक्रबार बिहान धादिङबेसी मालेबगरमा गलैंचा बन्न तान लगाई रहनुभएको अवस्थामा भटिनु भएका संचालक बुद्ध सिंह तामाङका अनुसार यस कम्पनीबाट ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

गलैंचा बुन्न २० वटा भन्दा बढी हाते मेसिन जडान गरिएको छ । एउटा गलैचा बुन्न कम्तिमा पनि ८-१० लाग्छ । हाम्रो गलैंचा नेपालमा विक्रि वितरण छैन सिधै विदेश जाने गरेको संचालक तामाङका बताउनु हुन्छ ।

लकडाउनले गर्दा अहिले उत्पादन मात्र गरि रहेका छौं । घरमै बसेर पनि यो काम गर्न सकिने हुँदा राम्रो रोजगारीको माध्यम बन्न सक्ने उहाँ बताउनु हुन्छ ।

चाईनिज गलैंचा हाम्रो टोल-टोमा डुलेर बेच्नेले २ हजारमा बेचि रहेको हुन्छ, हामीले उत्पादन गर्ने गलैंचाको ज्याला मात्रै ६ हजारभन्दा बढी पर्छ । कच्चा पदार्थ, बुनाइको ज्याला महाँङ्गो पर्ने हुँदा नेपालमा विक्रि वितरणमा समस्या रहेकोले गलैंचा विदेश निर्यात गरिएको उहाँ बताउनु हुन्छ ।