चन्द्रोदय क्याक्पसको भर्चुअल तिज गित प्रतियोगितामा लक्ष्मी रसाईली प्रथम

Avatar photo
Dhadingpost
बिहिबार, भदौ ४, २०७७

धादिङ भाद्र ४ । धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित चन्द्रोदय बहुमुखी क्याम्पस, बिशालटारले आयोजना गरेको जुम भर्चुअल तिज गित प्रतियोगितामा बीएड प्रथम वर्षमा अध्ययनरत छात्रा लक्ष्मी रसाईली प्रथम हुनुभएको छ ।

बिहिबार बिहान ७ देखि ९ः२० बजे सम्म भएको उक्त तिज गित प्रतियोगितामा बीबीएस प्रथम वर्षमा अध्ययनरत छात्रा शिखा पौडेल दोस्रो र बीएड तृतिय वर्षमा अध्ययनरत छात्रा भगवती थपलिया सान्ताना हुनु भएको छ ।

नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको साँस्कृतिक महत्वलाई जिवीत राख्न र यसको महत्वलाई पछिल्लो पुस्ता सम्म जोड्न जुम भर्चुअल तीज गित प्रतियोगिता को आयोजना गरिएको क्याम्पस प्रमुख योगेन्द्र सिलवालले धादिङपोष्टलाई बताउनु भयो ।

कोरोना भाइरसका कारण खुल्ला स्थलगत कार्यक्रम गर्न नसकिए पछि जुम भर्चुअल कार्यक्रमको आयोजना गरेका हौं, विद्यार्थीहरुको उलेख्य सहभागितता रहेको प्रमुख सिलवालले बताउनु भयो ।

क्याम्पस संचालक समितिका अध्यक्ष हेमनाथ थपलियाको प्रमुख आतिथ्यता तथा क्याम्पस प्रमुख योगेन्द्र सिल्वालको सभाध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन सहायक क्याम्पस प्रमुख राजेन्द्र दाहाल तथा प्राविधिक सहयोग उप-प्राध्यापक देवराज घलानले गर्नु भएको थियो ।

उप-प्राध्यापक कपिलप्रसाद अधिकारीको संयोजकत्वमा मनुराम पौडेल र पार्वती धरेलले प्रतियोगिताको निर्णायकहरु भुमिका निर्वाह गर्नुभएको थियो ।