धुनीबेसीको साढे चार तले कार्यालय भवन निमार्ण सुरु

Avatar photo
Dhadingpost
साउन २५, २०७७

धादिङ साउन २५ । धादिङको धुनीबेसी नगरपालिकाले कार्यालय संचानार्थ साढे चार तलेको निमार्णकार्य सुरु गरेको छ ।

धुनीबेसी जुगेडीको ४० हजार एक सय ३० स्क्वायर फिट क्षेत्रफलमा ३९ वटा कोठाको निर्माण हुन लागेको उक्त भवनको लागत ३० करोड रहने गाउँपालिका प्रमुख बालकृष्ण आचार्यले बताउनु भयो ।
३ वर्षमा निमार्ण कार्य सकिने उक्त भवनमा सभा हल, बैठक कक्ष, प्रमुख, उपप्रमुखको कार्यकक्ष, सचिवालय, प्रमुख प्रशासकीय अधिकृतको कार्य कक्षसहित विभिन्न शाखा प्रमुख तथा कर्मचारीको कार्यकक्ष हुनेछ ।

२०७६ मंसिर १७ मा बसेको जग्गा अघिग्रहण तथा मुआव्जा निधारण समितिको बैठकले प्रतिरोपनी २० लाख ६० हजार मुआब्जा निर्धारण गरेकाले २०७६ भदौ १५ गते साविक नौबिसे ४-ग कित्ता नं. ९५० र ८६ बाट आठ रोपनी जग्गा गाप नेपाल प्रालि र सिजी प्रिन्टिङ प्रालिले पेश गरेको प्रस्तावबाट जग्गा प्राप्ति भएको छ । हाल धुनिबेसी नगरपालिकाको नाममा साविक नौविसे ४-ग १२४९ कित्ता नं. मा ५ रोपनी र १२५२ कित्ता नं. मा ३ रोपनी जग्गा रहेको छ ।