गजुरी र नेत्रावती डब्जोङमा कोरोना संक्रमित भेटिए सँगै, धादिङमा संक्रमितको संख्या १४२ पुग्यो

Avatar photo
Dhadingpost
शनिबार, साउन २४, २०७७

धादिङ साउन २४ । धादिङको गजुरी गाउँपालिकाका १ पुरुष र नेत्रावती डब्जोङ गाउँपालिकाका १ जना पुरुषलाई कोरोना भाईरस संक्रमण पुष्टि भए सँगै धादिङमा संक्रमितको संख्या १४२ जना पुगेको छ ।

गजुरी गाउँपालिका स्थित आदमघाटका एक जना ६२ वर्षिय पुरुष र नेत्रावती डब्जोङ गाउँपालिकाका ३ मा ३० वर्षिय पुरुषलाई कोरोना भाईरस पुस्टिभएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

नेपालभरमा आज कोरोना सङ्क्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साका ७४ वर्षिय पुरुष, मोरङका ५८ वर्षिय पुरुष र काठमाडौँकी ४१ वर्षिय महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित जानकारीका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराउनुभयो ।