गजुरीको गलौंदी खेल मैदान आसपास वृक्षारोपण (फोटो फिचर)

Avatar photo
Dhadingpost
जेष्ठ २४, २०७७

निर्मल थपलिया
धादिङ जेष्ठ २४ ।
विश्व वातावरण दिवस २०७७ को अवसरमा गजुरी गाउँ पालिकाको गलौदी स्थित खेलकुद मैदान सँगै वर र पिपलको बिरुवा रोपिएको छ । वर र पिपलको विरुवा रोप्न गाउँपालिकाका प्रमुख राजेन्द्र बिक्रम बस्नेत गलौंदी खेल मैदान पुगेका थिए ।

विरुवा रोप्दै गाउँपालिका प्रमुख बस्नेतले पर्यावरण बचाउनका लागि विद्यालयमा पठनपाठन हुने शिक्षामा नै बिषय बस्तु राख्नु पर्ने भएकोले त्यस्को लागि छलफल अगाडि बढाइने बताए । गलौदी खेल मैदानको सुन्दरतालाई मैदानको आसपासमा रोपिएको वृक्षा रोपण निखारता ल्याउने समेत प्रमुख बस्नेतले बताएका थिए ।

उक्त बृक्षा रोपणमा प्रकृति मानव जनअभियान धादिङ, त्रिशुली बचाउ अभियान, जिल्ला वन कार्यलय, ठूलो वन सामुदायिक वन उपभोक्ता समिति, हातेमालो युवा क्लव, मिर्मिरे कृषि सहकारी संस्था, राजनीतिक दलका प्रतिनिधि,स्थानीयहरु लगायत संघसंस्थाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले त्रिशुली बचाउ अभियान पर्यावरण बचाउन निरन्तर गर्दै आएको खबरदारीलाई अबको दिनमा शिक्षाको रुपमा लिदै त्रीशुली किनार क्षेत्र सफा, सुन्दर राख्नु पर्नेमा जोड दिएका थिए ।

अभियन्ता उत्तम कडेलले मान्छेको जिवनको अस्तित्व पर्यावरण संग सम्बन्धित हुने भएकोले प्रकृति नरहे मान्छे रहने कुनै संभावना हुदैन भन्दै कोरोनाको महामारी जस्तो संकटको सामना पनि पर्यावरण बिनाशको कारण भएको औल्याएका थिए ।

गजुरी गाउँ पालिकाका माओवादी नेता माधव भण्डारीले स्थानीय सरकारले विकाश निर्माणको सिलसिलामा सकेसम्म पर्यावरण नबिग्रने गरि काम गर्न सुझाव दिए ।