
धादिङबेसी जेष्ठ १५ । कोरोना भाईरस संक्रमणको रोकथाम तथा उपचारका लागि सरकारले गरेको लकडाउनका कारण खाद्यान्न संकटमा रहेका विपन्न तथा मजदुरहरुलाई धादिङ मै सबैभन्दा पहिला बेनीघाट रोराङले राहात वितरण गरेको थियो ।
धादिङ जिल्लामा अन्य नगरपालिका र गाउँपालिकाको तुलनामा धेरै संख्यामा राहात वितरण गरेको बेनीघाट रोराङले पहिलो चरण अन्तरगत धादिङमा सबै भन्दा धेरै ३ हजार ७११ परिवारलाई राहात वितरण गरेको हो ।
अन्यत्र राहात स्वरुप प्रदान गरिएको खाद्यान्न वितरणमा समस्या देखिए पनि बेनीघाट रोराङले प्रदान गरेको पहिलो चरणको राहात वितरण विवाद रहित बनेको थियो ।
राहात वितरण र खाद्यान्न स्टोरको सम्बन्धमा अनर्गल प्रचारहरु पोष्ट गरिएको भन्दै गाउँपालिकाले बिहिबार एक विज्ञप्ती प्रकाशित गरि त्यस्तो नगर्न आग्रह गरेको छ ।
गाउँपालिकाका प्रशासकिय अधिकृत लक्ष्मण प्रसाद भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । अहिले गाउँपालिकामा खाद्यान्न संकट छैन र तत्काल खाद्यान्न संकट हुने स्थिति समेत नदेखिएकोले साम्झौता बमोजिम गाउँपालिकालाई आवश्यक परेको बेला सुपथ मुल्यमै प्रदान गर्ने गरि मौदाजमा राखिएको चामल बिग्रने सम्भावना देखिएकोले श्री गणेश ट्रेडर्सलाई नै फिर्ता लान आग्रह गरिएको हो ।
अधिकृत भट्टराईले विज्ञप्तीमा भनेका छन्, अहिले मौदाजमा २७७७ बोरा चामल छ, बिग्रने सम्भावन भएकोले, सम्झौतामा नै गाउँपालिकालाई आवश्यक पर्दा उक्त फर्मले चामल उपलब्ध गराउनु पर्ने उल्लेख छ । त्यहि अनुरुप चामल गाउँपालिकाले फिर्ता पठाएको हो ।
विज्ञप्ती जस्ताको तस्तैः
