त्रिपुरासुन्दरीमा आज १६ जना भारतबाट आउँदै, धमाधम क्‍वारेन्टाइन बनाईदै

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ १३, २०७७

धादिङ जेष्ठ १३ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा आज छिमेकी मुलुक भारतबाट १६ जना आउँदै छन् ।

क्‍वारेन्टाइन नबसेका र आरडिटी परिक्षण समेत नगराएका उनीहरुलाई राख्न लागि त्रिपुरासुन्दरी गाउँपालिले वडाहरुलाई आफ्ना नागरीहलाई राख्न क्‍वारेन्टाइन बनाउन निर्देशन गरे अनुसार वडा नम्बर ४ ले कार्की गाउँ माध्यामिक विद्यालयमा क्‍वारेन्टाइनको व्यवस्था गरेको हो ।

वडा अध्यक्ष कपिलदेव सिंखडाको उपस्थितिमा वडा सदस्यहरु महिला स्वस्थ्य स्वएम् सेविका, कोरोना भाइरस रोकथाम समन्वन समितिका सदस्यहरु, स्थानिय समाज सेवीहरुले मंगलबार क्‍वारेन्टाइन बनाएका हुन् ।

वडा अध्यक्ष सिंखडाका अनुसार आज ४ जना यस वडामा भारतबाट आउँदैछन् । अबको केहि दिनमा भारतबाट आउनेको संख्या ३० जनाको हाराहारीमा रहेका कारण त्यहि अनुरुप क्वोन्टाईन बनाइएको छ ।

छिमेकी मुलुक भारतबाट एक साता अघि ३८ जना, शनिबार २१७ जना धादिङ र सोमबार ६० जना गरि ३१५ जना धादिङ आई सकेका छन् भने आज थप त्रिपुरासुन्दरीको मात्र १६ जना आउँदैछन् ।

फोटोः मदन श्रेष्ठ