गजुरी फुड बैंकलाई धादिङ उद्योग वाणिज्य संघको चामल सहयोग

Avatar photo
Dhadingpost
बुधबार, बैशाख १७, २०७७

धादिङ बैशाख १७ । गजुरी गाउँपालिकाकाले लकडाउनको मारमा परेका असाह्य, गरिव तथा मजदुहरुको लागि खाद्यान्न वितरणका लागि संचालनमा ल्याएको फुड बैंकलाई धादिङ उद्योग वाणिज्य संघले चामल सहयोग गरेको छ ।

प्रभावकारी बन्दै गएको गजुरीको फुड बैंकलाई धादिङ उद्योग वाणिज्य संघका महासचिव लोकनाथ डल्लाकोटीले ३० केजीको १५ बोरा चामल हस्तान्तरण गरेका हुन् ।

धादिङ उद्योग वाणिज्य संघ मार्फत संकटमा रहेका परिवारलाई राहात वाड्न संघलाई निवर्तमान अध्यक्ष बोदनाथ दुवाडीले ५० हजार सहयोग गरेका छन् ।

गजुरीको फुड बैकलाई यस अघि ठूलोवन सामुदायिक वन उपभोक्ता समूह गजुरीले २५ बोरा, इसाई समाज र पुनरुत्थान बोर्डले ५६ हजार मुल्य बराबरको १२ सय केजी, लायन्स क्लब अफ मलेखु टाउनले चामल १० बोरा चामल र नवजीवन साना किसान सहकारी गजुरी ५ को तर्फबाट २५ हजार १२५ रुपैया नगद सहयोग भैसकेको गाउँपालिकाले जनाएको छ ।