बगैँचासरी जिन्दगी एउटा छ
हजारौँ व्यथा जेलिएको कथा छ
सयौँ फूल फुल्छन् यही आँगनीमा
थपेको छ लाखौँ खुसी जिन्दगीमा ।
×××
कुनै याममा झर्दछन् फूल सारा
कुनै याममा बोट नै बेसहारा
बगाएर लैजान्छ के के नदीले
उडाएर लैजान्छ चैते हुरीले ।
×××
नयाँ वर्षमा आज जोसङ्ग जे छ
त्यही पो हिजोको कमाई रहेछ
कथा बुझ्न सक्नेहरू यत्ति भन्छन्
कुनै वर्षमा रातमात्रै हुँदैनन् ।
×××
भए चित्तमा भावना स्वच्छ मेरो
त्यसै हट्दथ्यो बाहिरी यो अँधेरो
छ आँखा कतै दागमा टाँसिएको
भने देख्न सक्दैन आभा शशीको ।
×××

