सिप्यान अवार्डको ४ लाख ६२ हजार कोरोना रोकथाम कोषमा

Avatar photo
Dhadingpost
सोमवार, चैत्र १७, २०७६


काठमाडौं चैत्र १७ । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले अवार्डको ४ लाख ६२ हजार पुरस्कार रकम कोरोना भाईरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका कोषमा पठाउने निर्णय गरेको छ ।

सिप्यानका अध्यक्ष मनीषराज पाण्डे र महासचिव पारस खड्काले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै कोरोना भाइरसको कारण स्थगित स्थगित अवार्डको पुरस्कार रकम कोषमा पठाउने निर्णय गरेको बताएका हुन् ।

सिप्यानले यस अघि विभिन्न ५ विधामा क्रिकेट खेलाडी पुरुष, महिला, उदीयमान क्रिकेट खेलाडी, वर्षको उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने सार्वजनिक गरेको थियो । ५ विधामा दिने रुकम ४ लाख ६२ हजार रुपैयाँ कोषमा दिइने जनाएको छ । उत्कृष्ट महिला र पुरुष खेलाडीले समान १ लाख ३२ हजार रुपैयाँ तथा वर्ष उदीयमान क्रिकेट खेलाडी, वर्ष उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट अवार्डको विजेताले समान ६६ हजार रुपैयाँ दिने घोषणा गरेको थियो ।