
धादिङ चैत्र १४ । धादिङ जिल्लाको विभिन्न स्थानमा बनाईएको क्वारेन्टाईनमा बस्ने संख्या शुक्रबार सम्ममा ४२ जना पुगेको छ ।
जिल्लामा सम्भावित कोरोना भाईरसको संक्रमण रोक्न भारत लगायत अन्य देशबाट घर र्फेकाहरुलाई क्वारेन्टाईनमा बस्न सरकारले आव्हान गरे सँगै धादिङमा क्वारेन्टाईनमा बस्नेको संख्या ४२ पुगेको हो ।
पछिल्लो समय धादिङमा देशबाहिरबाट घर फर्किएकाहरुबाट कोरोना भाईरसको संक्रमण फैलिन सक्ने सम्भावनालाई ख्याल गर्दै स्थानिय प्रशासनले देश बाहिरबाट घर फर्किएकाहरुलाई क्वारेन्टाइनमा बसिदिन आग्रह गरि रहेको छ ।
चैत्र १४ गते सम्मको विवरण
१. धादिङबेसी स्थित जिल्ला वन डिभिजन कार्यलयमाको भवनमा बनाईएको क्वारेन्टाईनमा भरत बाट आएका १३ जना ।
२. गल्छी गाउँपालिका बागेश्वरि माविमा बनाईएको क्वारेन्टाईनमा १६ जना सक्सेश एकेडमीमा १ जना ।
३. बेनिघाट रोराङमा गाउँपालिकाको मलेखुमा राजमार्ग अस्पताल मा २ जना, भारतबाट आएको ।
४. नेत्रावती डब्जोङ गाउँपालिका ४ कटुन्जेमा नारायण देवि आधारभुत विद्यालयको भवनमा बनाईएको क्वारेन्टाईनमा मा १० जना सबै भारतबाट आएको ।
