बेनिघाट रोराङमा ८ शैयाको क्वारेन्टाईन कक्ष बन्यो

Avatar photo
Dhadingpost
चैत्र ११, २०७६

धादिङ चैत्र ११ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले वडा नं. ३ स्थित राजमार्ग सामुदायीक अस्पताल र बागेश्वरी माविमा गरि ८ शैयाको क्वारेन्टाईन कक्ष बनाएको छ ।

बेनिघाट रोराङ गाउँपालिकाका सूचना अधिकारी परशुराम घिमिरेका अनुसार कोरोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणका सबै उपायहरु अवलम्बन गरिएको छ ।

केन्द्रिय सरकार र स्थानिय सरकारले चालेको कोरोना भाईरस विरुद्धको अभियान कार्यान्वयनका कडाई गरिएको बताउँदै सूचना अधिकारी घिमिरेले भने भुगोलका हिसावले अत्यन्त विकट क्षेत्र समेत यस गाउँपालिकामा रहेकोले सबै वडामा रहेका स्वस्थ्य संस्था र एम्बुलेन्सहरुलाई एलर्ट अवस्थामा राखिएको छ । फोटोः केशर भुजेल