सिद्धलेक ईकाईकाे अध्यक्षमा राम प्रसाद दुवाडी चयन

Avatar photo
Dhadingpost
फाल्गुन २४, २०७६

धादिङ फागुन २४ । धादिङकाे सिद्धलेक गाउँपालिकाबाट पाेखरामा रहि विभिन्न पेशा व्यवसाय गर्दैै आएकाहरुकाे संस्था धादिङ पाेखरा सम्पर्क समाज सिद्धलेक ईकाईकाे अध्यक्षमा राम प्रसाद दुवाडी चयन भएका छन् ।

शनिबार पाेखरामा सम्पन्न सिद्धलेक ईकाईकाे नवौं साधारणसभा तथा पाचौं अधिवेशनबाट दुवाडी अध्यक्षमा चयन भएका हुन् ।

अधिवेशनले उपाध्यक्षमा सूर्यमान वाणा, सचिवमा सरोज अर्याल, सहसचिवमा भेषराज अधिकारी, कोषाध्यक्षमा केशरमणि पुलामी र सहकोषाध्यक्षमा दिनेश सिलवाल चयन गरेकाे छ ।

यस्तै सदस्यहरुमा किशोर भट्ट, विष्णुमान शाक्य, सरिता आले, तुलसीमाया श्रेष्ठ, रामहरि न्यौपाने, पार्वती शाक्य र रोजिना परियार चयन भए ।

सरस्वती श्रेष्ठ सरुको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्षद्वय मेघबहादुर न्यौपाने र शम्भु अधिकारीलाई सम्मान गरिएको थियो ।