धादिङ फागुन २४ । बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयले प्रदेश भित्रका २५ वटा सामुदायीक विद्यालयहरुलाई स्कुल बस खरिद गर्न २५ लाखका दरले अनुदान दिने निर्णय गरे सँगै सम्झौता गर्न सुरु भएको छ ।
धादिङको दुईवटा विद्यालयहरु गल्छी गाउँपालिकाको वागेश्वरी माध्यामिक विद्यालय र बेनिघाट रोराङमा रहेको वागेश्वरी माध्यामिक विद्यालय मलेखु रिचोकटारले पनि स्कुल खरिद गर्न अनुदान पाएका छन् ।
धादिङका दुई वागेश्वरी माविलाई बस संचालन गर्न प्रदेश सरकारको सहयोग
वागेश्वरी माध्यामिक विद्यालय मलेखु रिचोकटारका प्रधानाध्यापक शेरबहादुर भण्डारीले धादिङपोष्ट सँग कुरा गर्दै भने प्रदेश सरकार सँग अनुदान सम्झौता भएको छ चैत महिनामा खातामा पैसा आउँछ र बैशाख महिना भित्र मानै स्बुल बस ल्याउने तयारीमा छौं ।
प्रशेस सरकारले तयार गरेको “विद्यालय बस सेवा कार्यक्रम सञ्चालन कार्यविधि २०७६” अनुसार अनुदान पाउने विद्यालयले ०७७ जेष्ट महिना भित्रमा स्कुल बस संचालन गरि सक्नु पर्ने उल्लेख छ ।